nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चीनमा सिनेमाहल खोल्न अनुमति

cinema-hall-1595236345.jpg

 विश्व महामारी कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न विगत ६ महिनादेखि बन्द अवस्थामा रहेका चीनका सिनेमाहलहरु अब पुुनः खुुल्ने भएका छन्।

चीनको चलचित्र प्रशासनले कोरोनाको जोखिम कम देखिएका क्षेत्रहरुका सिनेमाहलहरुले आज (सोमबार) बाट आफ्ना ढोकाहरु खुला गर्न सक्ने जनाएको छ। यतिबेला चीनका अधिकांश स्थानहरु कम जोखिम भएको क्षेत्रमा परेकाले देशव्यापी रुपमा नै सिनेमाहलहरु खुुल्ने अनुुमान लगाइएको छ।

गत जनवरीदेखि बन्द रहेका चिनियाँ सिनेमाहलहरु कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएका छन्।

सिनेमा घरहरु खुला गर्न कडा नियमहरु बनाइएका छन्। सिनेमाहलहरुले आफ्नो क्षमताको ३० प्रतिशत सिटमात्रै खुुला गर्नुुपर्नेछ र पहिलेको तुुलनामा चलचित्रको संख्या ५० प्रतिशत घटाउनुुपर्नेछ।

चलचित्र हेर्न आउने दर्शक र सिनेमाहलका कर्मचारीले हरसमय अनिवार्य रुपमा मास्क लगाउनुुपर्नेछ र उनीहरुको तापमान जाँच गरिनुपर्नेछ।

टिकट अनलाइमार्फत बिक्रीवितरण गरिनुपर्नेछ। दर्शक कम्तीमा पनि एक मिटरको दूरीमा बस्नुुपर्नेछ। यसका साथै दर्शकलाई खाना र पेयपर्दाथको कुुनै पनि व्यवस्था उपलब्ध गराइने छैन।

कोरोना महामारीको पहिलो इपिसेन्टर रहेको चीन चलचित्र उद्योगका लागि विश्वको दोस्रो ठूलो बजार हो। सन् २०१९ मा चीनको बक्स अफिस कलेक्सन ९।२ बिलियन डलर थियो। तर सिनेमाहलहरु लामो समय बन्द रहेको र घरेलुु तथा हलिउड फिल्म रद्द गरिएकाले यो वर्ष चीनको बक्स अफिस कलेक्सन व्यापक रुपमा घट्ने अनुुमान लगाइएको छ।

देशव्यापी रुपमा ६ सयभन्दा धेरै सिनेमाहलहरु रहेको चीनको चलचित्र उद्योगमा यो वर्ष १।६ बिलियन युुआन घाटा लाग्ने अमुुमान लगाइएको छ।

नेपालमा पनि गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनपश्चात बन्द रहेका सिनेमाहलहरु अझै खुल्न सकिरहेका छैनन्। सार्वजनिक यातायात, मल, सपिङ सेन्टर र अन्य व्यापार व्यवसायहरु खुुले पनि नेपालका सिनेमाहलहरु बन्द अवस्थामै छन्।

सुुरक्षित तरिकाले सिनेमाहलहरु खुुलाउन र चलचित्र गतिविधिहरु सुुचारु गर्न सरोकारवालाहरुको ध्यान जान सकेको छैन। लामो समय बन्द रहँदा नेपाली चलचित्र उद्योगले ठूलो घाटा व्यहोर्नुपरेको छ। यसका साथै चलचित्र उद्योगसँग जोडिएका हजारौँ मानिसको रोजिरोटी खोसिएको छ। – एजेन्सी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg