nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङ दुर्घटना : एककाे मृत्युु, एक घाइते

IMG_20231209_214938-1702137903.jpg

थाहा नगरपालिकाकाे चित्लाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षका मनोज गमालकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । काठमाडौंबाट आउँदै गरेको बा ४ ख ८७७३ नंबरको बस र जाँदै गरेको बा ६५ प ४१७६ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका गमालको काठमाण्डौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हाे ।

मोटरसाईकलको पछाडि रहेका शम्भु गमालको मनमोहन अस्पताल काठमाण्डौँमा उपचार भैरहेको प्रहरीले जनाएकाेेे छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)