Thursday, 3rd September, 2026
वि.स.

चित्लाङ दुर्घटना : एककाे मृत्युु, एक घाइते

IMG_20231209_214938-1702137903.jpg

थाहा नगरपालिकाकाे चित्लाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षका मनोज गमालकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । काठमाडौंबाट आउँदै गरेको बा ४ ख ८७७३ नंबरको बस र जाँदै गरेको बा ६५ प ४१७६ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका गमालको काठमाण्डौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हाे ।

मोटरसाईकलको पछाडि रहेका शम्भु गमालको मनमोहन अस्पताल काठमाण्डौँमा उपचार भैरहेको प्रहरीले जनाएकाेेे छ । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif