Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ–थानकोट सडक स्तरोन्नती गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकार मन्त्रीपरिषद्को ११ कात्तिकमा सम्पन्न नियमित बैठकले चित्लाङ–थानकोट गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको छ । काठमाण्डौंसंग जोडिएको मकवानपुरको चित्लाङ गाविसबाट थानकोटसम्मको गणेशमान मार्ग स्तरोन्नती गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । निर्णयपछि उत्तरी मकवानपुरबासी खुशी भएकाछन् ।

गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाण्डौंसंग जोड्ने सबैभन्दा छोटो सडक मार्ग हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमूखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।