Saturday, 20th June, 2026
वि.स.

चित्लाङ–थानकोट सडकः छिट्टै निर्माण सक्ने अठोट

Chita-1608602210.JPG

प्रतिनीधिसभा सदस्य विरोध खतिवडाले चित्लाङ–थानकोट सडक (गणेशमान सिं मार्ग) निर्माणलाई सक्दो छिटो सम्पन्न गर्नका लागि नीतिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निरन्तर काम भैरहेको चित्लाङ थानकोट सडकको स्थलगत अनुगमन निरीक्षणका क्रममा प्रतिनीधिसभा सदस्य खतिवडाले बाटो निर्माणको विषयमा एक÷अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सबै मिलेर निर्माणमा जुट्नु पर्ने बताए । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका खतिवडाले स्थानीयहरुले सडक निर्माणमा आ–आफ्नो तर्फबाट गरेको सहयोगको उच्च प्रशांसा गरे । 

सडक निर्माणका क्रममा आइपर्ने विविध नीतिगत समस्या समाधानका लागि संघीय सांसदको हैसियतले आफूले सक्दो पहल गर्ने बताउँदै खतिवडाले सडक निर्माणको अभियानमा सबैखाले नेतृत्वले पाटीभन्दा माथि उठेर कार्य गर्नुपर्ने धारणा राखे ।  सडकका लागि आवश्यक बजेटको निरन्तरताको लागि पहल गर्ने खतिवडाको प्रतिवद्धता रहेको थियो । 

चित्लाङमा २७ मंसिरमा भएको स्थलगत निरीक्षणको क्रममा संविधानसभा सदस्य समेत रहेका सुभाषसिं ठकुरीले सडक निर्माणको क्रममा आइपर्ने कानूनी जटिलता फुकाउन प्रतिनीधि सभा सदस्य खतिवडालाई आग्रह गरे । आफू सडक निर्माण अभियानको ६८ औं दिनसम्म पनि खटिइरहेकोमा स्थानीयहरुको साथ र सहयोग सम्झँदै प्रशंसा गरे ।  आफू सांसद हुँदाका बखत नै सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै द्रुतगतिमा सडक निर्माण गरेरै छाड्ने उनको भनाइ थियो । डिपिआर अनुसार सडक विस्तार गर्न अझै छ महिना लाग्ने ठकुरीले आँकलन गरे । स्थानीयहरुले सडक निर्माण छिटो भन्दा छिटो सकेर नागरिकलाई विकासको महशुस गराइदिन अनुगमन टोलीलाई आग्रह गरेका थिए । 

स्थलगत निरीक्षणका क्रममा प्रतिनीधि सभा सदस्य खतिवडाले संघीय समपुरक अनुदानबाट निर्माण भैरहेको थाहा–१० कलाटु सडक, थाहा–९ मा निर्माणाधिन प्रस्तावित मदन भण्डारी प्राविधिक विश्वविद्यालयको भवन निर्माण कार्यको समेत अनुगमन गरेका थिए ।

अनुगमन टोलीमा थाहानगर प्रमुख लवशेर विष्ट, नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’ जिल्ला सदस्य बुद्धरत्न मानन्धर, नेकपा थाहानगर सचिव सानुकाजी गोपाली,   नगर सदस्य विमलकुमार ढकाल लगायतकाको सहभागिता रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०