Monday, 15th June, 2026
वि.स.

चित्लाङ–चन्द्रागिरी सुरुङमार्गको सम्भाव्यता सुरु

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको चहलपहल बढीरहँदा चित्लाङ–चन्द्रागिरी सुरुङमार्गको सम्भाव्यता सुरु भएको छ ।

पर्यटकीय क्षेत्रमा पुग्न सहज बनाउन सुरुङमार्ग निर्माणको सम्भाव्यता अधययन सुरु भएको हो । थानकोटबाट चित्लाङ १३ किलोमीटर दुरीमा छ । सुरुङमार्गले यो दुरी घटाउँदा पर्यटकलाई चित्लाङ मार्खु आउन सहज हुनेछ । गणेशमान मार्गको नाममा चित्लाङ–थानकोटको सडक फराकीलो बनाएसंगै अहिले यही बाटो प्रयोग गरेर चित्लाङ लगाएत थाहा नगरपालिका र इन्द्रसरोबरमा घुम्न आउने पर्यटकको संख्या बढिरहेको होटल व्यवसायीहरु बताउँछन् । 

चित्लाङको प्राकृतिक मनोरम वातावरणमा रमाउन युवायुवती, बिद्यार्थी तथा बुढापाका लगाएत विदेशी पर्यटकहरु आउने गरेको चित्लाङस्थित बाख्रा चिज फार्म तथा होमस्टे संञ्चालक अशोकसिँह ठकुरीले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०