nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङलाई मिनी काठमाडौँ हैन, अर्गानिक चित्लाङ बनाऔँ : उमेदवार महेश बर्तौला

mahesh-1667114865.jpg

मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेशकुमार बर्तौलाले मकवानपुरको चित्लाङ्गलाई मिनी काठमाडौ हैन, अर्गानिक चित्लाङ्ग बनाउनुपर्ने बताएका छन् । एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संबोधान गर्दै उनले जवजव स्थानीयले चुनाब जिते त्यति बेला मात्रै यस क्षेत्रको बिकास भएको इतिहास रहेको उल्लेख गरे ।

चित्लाङ्ग क्षेत्रको पर्यटन बवकासमा आफुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले अघि भने –‘चित्लाङ्गलाई मिनि काठमाडौ हैन, अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ अनि चित्लाङ्ग चन्द्रागिरी सडकलाई सरर चल्ने र प्रत्यक दिन चित्लाङ्ग आउँआउँ लाग्ने बनाउनुपर्छ ।’

चित्लाङ्गसंग मार्खु, कुलेखानी, बज्रबाराहीको कुन्छाल, भीमफेदिको चिसापानी गढी, मैत्री बगैँचा, ऋषेश्वर महादेव तथा कैलाशको बैकुण्ठ जोड्ने गरी करिडोर बनाएर पर्यटन, पूर्वाधार बिकास गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चित्लाङ्ग र आसपासमा बसोबास गर्ने नेवारी समुदायको कला, संस्कृति, इतिहास संरक्षण गर्न आफूले भूमिका खेल्ने उनले बताए  । २० बर्ष सँसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बीचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत बर्तौलाले लगाए । २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस, आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्छु, उनले भने । 

कार्यक्रममा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बिनियोजन नभएको बताएका छन् ।  उनले यो सडकको नेतृत्व हिजोदेखि एमालेले गरेको र भोलि पनि एमालेले नेतृत्व गर्ने र सम्पन्न गर्ने बताए ।

यस्लाई चित्लाङ्ग हुँदै डाँडाबासबाट मनहरी हुँदै चितवन जोडेर बैकल्पिक राजमार्गको बिकास गर्ने उनको भनाइ छ । पालुङदेखि चित्लाङसम्म सिमेन्टको ढलान घर निर्माण हुन थालेकोमा दुःख व्यक्त गर्दै यो बेल्टको चित्लाङ्ग, कुन्छाल, पालुङ्ग, दामन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै नयाँ भवन बन्नुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने र आफूले त्यसमा भुमिका खेल्ने उनले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)