Sunday, 19th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङमा ३ दिने कृषि तालिम शुरु

Agriculture-training-in-C-1477222782.jpg

सामुदायिक विकास केन्द्र नेपाल(सिसिडिएन)को आयोजनामा ३ दिने आइपिएम तथा कम्पोष्ट मल व्यवस्थापन तालिम कार्तिक ७ गते चित्लाङमा शुरु भएको छ । 
जिल्ला कृषि विकास कार्यालय मकवानपुरको समन्वयमा भएको तालिममा चित्लाङ गाविसका २५  जना कृषकहरु सहभागी छन् । 
सहभागीहरुलाई पहिलो दिन जिल्ला कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले सहजीकरण गरेको कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्यले बताए । ८ र ९ गते सहभागीहरुलाई कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक आचार्य सिसिडिएनका प्रतिनिधिले सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । 
तालिममा एकीकृत शत्रुजीव व्यवस्थापन विधिमा आधारित खेती प्रविधि, दिगो माटो व्यवस्थापन, गुणस्तरीय मलखाध व्यवस्थापन, प्राङ्गरिक कृषि पद्धति, रासायनिक विषाधिका असरहरु, स्थानीय स्तरमा उपलब्ध जडिबुटीको प्रयोगबाट रोग कीरा नियन्त्रण आदि विषयवस्तुहरु समेटिने आचार्यले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०