nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङको बुद्ध चैत्यको साधारणसभाः यस्तो छ, हिसाब किताब

मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ मा रहेको बुद्ध चैत्य खानेपानी तथा सरसफाई उपभोक्ता समिति चित्लाङको पहिलो वार्षिक साधारणसभा भएको छ । समितिका अध्यक्ष रामदल गमालको सभाध्यक्षता तथा वडा अध्यक्ष परशुराम श्रेष्ठको प्रमुख आतिथ्यमा सभा भएको हो । कार्यक्रममा वडा सदस्यहरु शारदा लामीछाने, कोपीला वि.क., राम कृष्ण कपाली, स्थानीय प्रेम लाल गमाल, समाजसेवी सान्तलाल नेवालगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सहसचिव बिनोद लामीछानेले स्वागत गरेका थिए । समितिका सचिव मनोज कुमार श्रेष्ठले संस्थाको नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत् गरे । 

साधारणसभामा समितिकी कोषाध्यक्ष सुस्मीता श्रेष्ठले आयव्यय प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्ष श्रेष्ठका अनुसार– आर्थिक वर्ष २०७४/०७५ को आम्दानीतर्फ २ लाख ४७ हजार २६५ तथा खर्च ३८ हजार २८१भएको छ । बचत रकम बैंक खाता खोली राख्ने समेत निर्णय भएको छ । वि.सं. २०६५ सालमा स्थापना भएको उक्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ४ वटा टोलमा खानेपानी सुविधा दिइरहेको छ । 

खानेपानी योजनाले चित्लाङको कुश्लेचौर, टुपिखेल, देउलाटोल र कुच्बुका बासिन्दाको लागि खानेपानी प्रदान गरिरहेको छ । समिति २०७३ साल वैशाख १३ गते जिल्ला जलस्रोत कार्यालयमा दर्ता भएको हो । यस खानेपानी योजना अन्तर्गत २ सय १० घरधुरीका १ हजार ५० उपभोक्ता छन् । ४१ धारा संचालनमा रहेको मध्ये २ वटा सार्वजनिक, १ वटा मुहानमा र बाँकी ३८ वटा धारा समुदायमा रहेका छन् । 

साधारणसभामा सारदा लामीछाने, रामकृष्ण कपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम उमेश सुवेदीले संचालन गरेका थिए । 

-राजन बलामी/चित्लाङ



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)