Sunday, 20th September, 2026
वि.स.

चित्लाङको एकसहित बागमती प्रदेशका २३ राजकुलो सम्पदा सूचीमा

कृषि उत्पादन बढाउनको लागि महत्वपूर्ण भुमिका रहने पुराना राजकुलो संरक्षणका लागि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले चासो देखाएका छन् । संरक्षणको सूचीमा मकवानपुरको थाहा–९ राजकुलो पनि परेको छ । चित्लाङको राजकुलो सहित ८ जिल्लाका २३ वटा राजकुलो संरक्षणको सूचीमा छन् । 

नेपालमा लिच्छवीकालदेखि कृषि उत्पादन बढाउन योगदान दिएका राजकुलोहरुलाई मन्त्रालयले सम्पदाको रुपमा सूचीकृत गरेको पूर्वाधार विकास मन्त्री फुयाँलले बताए  ।  मन्त्री फुयाँलले मानव जातिले कोरोना–१९ बिरुद्ध लामो लडाँई लड्नुको विकल्प नभएको बताउँदै नियन्त्रण, रोकथाम र उपचार साथै पोषणका लागि उत्पादन बढाउनु नै उत्तम समाधान बताए । 

सिंचाई क्षेत्र बिस्तार गर्न आबश्यक रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७७÷०७८ मा अमूर्त सम्पदाको रुपमा बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ जिल्लाहरुमा २३ राजकूलोहरुलाई सम्पदाको रुपमा पूनर्निर्माण गरेर संरक्षणको अभियान थालिने मन्त्री फुयाँलको प्रतिवद्धता छ ।

सूचीः


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif