Wednesday, 2nd September, 2026
वि.स.

चितवन करागारबाट फरार थुनुवा पक्राउ

pakarau-1609048025.jpg

कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो । 

पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आइतबार रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif