Tuesday, 16th June, 2026
वि.स.

चितवनमा ८ जनामा कोरोना संक्रमण

chitwan-1591952209.jpg

 चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो ।
जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।

चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०