Tuesday, 16th June, 2026
वि.स.

चिकित्सकमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकियो

biratnagar-1597568784.jpg

 विराटनगर महानगरपालिकामा कोरोना भइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ । चिकित्सकमा आइतबार कोरोना पुष्टि भएपछि तीव्र रुपमा संक्रमण फैलिइरहेको महानगरमा स्वाब संकलन कार्य रोकिएको छ । स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

उनकाअनुसार संक्रमित चिकित्सकमा ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गराइएको थियो । चिकित्सकमा कोरोना पोजिटिभ देखिएपछि महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि स्वाब संकलनको काम पुनः सुरु गरिने कार्कीले बताए । ुकाममा सँगै खटिएका चिकित्सकमा कोरोना पुष्टि भएपछि हामी पनि जोखिममा रहेछौं भन्ने पुष्टि भयो, उनले भने, उहाँसँग सम्पर्कमा रहेका सबैको  पीसीआर परीक्षण गराएर मात्रै स्वाब संकलन थाल्ने तयारी छ ।ु
 
कार्कीले महानगरका सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गर्ने तयारी भइरहेको बताए । हालसम्म विराटनगर महानगरपालिकामा पाँच सय २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । आइतबार विराटनगर(२ तीनपैनीकी महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या विराटनरमा सात पुगेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०