nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारबाही सुरु

333-1616836589.jpg

चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही सुरु भएको छ । 

मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए । 

ट्राफिक प्रमुख भट्टले फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । 

मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले बताए । 

जिल्ला प्रहरी कार्यालय चितवन, ट्राफिक प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त अप्रेसनमा शुक्रबार मात्रै ३४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ​

नियन्त्रणमा लिइएका मोटरसाइकलाई ५/५ हजार रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिने प्रहरीले जनाएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने ट्राफिक प्रमुख भट्टले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)