Thursday, 3rd September, 2026
वि.स.

चन्द्रागिरीमा कार दुर्घटना, ४ जनाकाे मृत्यु, एक घाइते

FB_IMG_1705138891716-1705-1705141072.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए ।

६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारको निम्ती काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था पनि गम्भीर छ ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif