nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चन्द्रागिरि केवलकारलाई विशेष पर्यटकीय गन्तब्य सम्मान

Chandra-1506394037.jpg

विशेष पर्यटकीय उत्पादन मार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पु¥याएवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपाल सरकार संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

३८औं विश्वपर्यटन दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच लिमिटेडलाई सरकारले उक्त सम्मान प्रदान गरेको हो । सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको जानकारी गराए । कार्यक्रममा बोल्दै उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उद्योगमा भएको नीजि लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे ।

चन्द्रागिरि हिल्सले नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तिमा एक दिनले लम्ब्याउने उद्देश्यमा अगाडि बढेको जानकारी दिए । यस्तै खालका पर्यटकीय पूर्वाधार सहितका एकीकृत पर्यटकीय गन्तव्य प्रादेशिक रुपमा निर्माण गर्न सकिएमा त्यसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरा पनि बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)