Monday, 15th June, 2026
वि.स.

चट्याङ किन पर्छ ? जोगिने कसरी ?

chatyan-1587966555.jpg

प्रि– मनसुनको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । यसले मानवीयसँगै भौतिक क्षति पनि गर्ने गरेको छ । २०६८ सालदेखिको तथ्यांकलाई हेर्ने हो भने वार्षिक १०६ जनाको चट्याङका कारण मृत्यु हुने गरेको छ भने झण्डै ५ सय जना घाइते हुने गरेका छन् । गत आर्थिक वर्षमा भने ८९ जनाको मृत्यु भएको छ ।

नेपालमा भूकम्पबाहेक चट्याङबाट धेरै मानवीय क्षति हुने गरेको तथ्यांकले देखाएको छ । 

त्यस्तै, ७ सयको हाराहारीमा जनावरहरूको पनि मृत्यु हुने गरेको छ । वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण पनि चट्याङ नै हो । ६० प्रतिशत आगलागीको कारण चट्याङ नै हो ।

चट्याङ के हो रु किन पर्छ रु प्रि–मनसुनको समयमा चट्याङ किन सक्रिए हुन्छ रु यसको फाइदा बेफाइद के छ ? जोगिने कसरी ?


 चट्याङविद् डा. श्रीराम शर्मासँगको कुराकानी 

के हो चट्याङ ?

चट्याङ सामान्य प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोक्किन्छ । पृथ्वीमा विद्युतीय चार्ज उत्पादन गरिरहेको हुन्छ । त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको छ । जसका कारण वर्षेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ । घटबढ भए पनि औसतमा मृत्यु हुनेको संख्या बढिरहेकै छ ।

प्रि–मनसुनमा चट्याङ किन धेरै पर्छ ?

प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल हुन्छ । सबै बादलमा त्यो क्षमता हुँदैन । र, सूर्यको तापले जमिनको सतहमा भएको पानीका कणलाई वाष्पीकरण गरेर बादल बनाउँछ । प्रि–मनसुनको बादलमा विद्युतीय चार्ज बनिरहेको हुन्छ ।

वर्षायामको बादलमा पनि हुन्छ । तर, त्यो समयमा पानी धेरै पर्छ । पानीले विद्युतीय चार्ज पानीसँगै जमिनमा झर्छ । तर, प्रि–मनसुनको समयमा पानी कम पर्छ । बादल मडारिएर उथलपुथल हुन्छ । अनि चट्याङ पर्छ ।

चिसो मौसममा चट्याङ पर्दैन

सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङ पर्दैन । चैतको मध्य समयदेखि असारसम्म बढी पर्छ ।

चट्याङका बेफाइदा?

१. मानवीय क्षति

२. जनवारहरुको क्षति

३. विद्युतीय सामाग्रीमा क्षति

४. जंगलमा आगलागी

कसरी जोगिने ?

शहरका घरहरूमा फलाम वा धातुको प्रयोग हुन्छ । यस्ता घरमा बस्दा सुरक्षित हुन्छ । चट्याङ पर्ने समयमा सवारी साधनभित्र बस्दा पनि जोगिन सकिन्छ । तर, सबैभन्दा धेरैे असर ग्रामीण भेगमा पर्ने गरेको छ । किनभने ग्रामीण भेगका घरहरू चट्याङ प्रतिरोधात्मक छैनन् । चट्याङले बढी घरबाहिर क्षति गर्छ । त्यसैले खेतबारीमा काम गर्दा ज्यान धेरै जाने गरेको छ ।

बिहानको समयमा काम गर्ने र दिउँसो घरभित्रको काम गर्नुपर्छ । दिउँसो ३ बजेपछि चट्याङ पर्ने भएकाले यो समयमा घरको काम गर्दा उपयुक्त हुन्छ । यसका लागि जनचेतना फैलाउन आवश्यक छ ।

सस्तोमा पनि गाउँमा चट्याङ प्रतिरोधात्मक घर बनाउन सकिन्छ । यसका लागि राज्यले पहल गर्नु आवश्यक छ । घरहरूमा फ्युज, एमसीभी वा एसपीडी जडान गर्‍यो भने चट्याङबाट जोगिन सकिन्छ ।

चट्याङको फाइदा पनि छ?

चट्याङले प्रकृतिको विद्युतीय चार्जलाई ब्यालेन्समा राख्छ । वायुमण्डलमा भएको नाइट्रोजनको अक्साइडमा थपघट गरेर बोटबिरुवामा खाना पुर्‍याउने काम गर्छ । ओजोन तहको पनि निर्माण गर्छ । ओजोन तहले सूर्यको हानिकारक विकिरणलाई रोक्ने काम गर्छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०