nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

घुस खाने कर्मचारीको हाकिम पनि अब टार्गेटमा

जुन कार्यालयका कर्मचारीले घुस खान्छन् ति कार्यालयका प्रमुखलाई पनि कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चेतावनी दिएका छन् ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी दिए । घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)