Saturday, 20th June, 2026
वि.स.

घुससहित विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

Akhtiyar-1612011043.jpg

सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिबास कार्यालयबाट खटिएकाे टाेलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।

उनिहरुलाई मिथिला नगरपालिका-५ स्थित रन्जितकुमार महतोको पाेल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०