Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

घरबाट भोको पेट विद्यालयमा खाजा

chepan-1584265325.jpg

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ सिमथली स्थित प्रजा आधारभुत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वषौँदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्यायनरत सेविका चेपाङ ७ वर्षको भइन। घरमा खानेकुरा नभएकोले विहान उनि खाना नखाइ आउछिन । जब विद्यालय आउछिन । यताउता हेरीरहने बानी छ । कहिलेकाहीँ मात्र विहानको खाना खाएर आउने भएकोले धेरै जसो भोकै आएपछि खाजा बनाउने ठाउँ तिर एकटकले हेरेपछि कक्षा तिर पुग्ने गर्छिन । निन्याउरो अनुहारमा कक्षा बस्ने भएकोले कतिखेर खाजा खान पाइन्छ भनेर उनिहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ । कक्षा २ मा अध्यायन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउछिन । विद्यालय पोशाक लगाएको देखिदैन। आमा बुबा ज्याला गर्न जान्छन् । बिहान निस्कने आमा बुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनिहरुले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनिहरुको बाध्यता हो ।

कक्षा ४ मा अध्यायनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । खाना खाने तर कहिले काँही बेलुका मात्र हो । ज्याला गरेर किनेको चप्पल समेत फटेको छ । विद्यालय आउँदा लाज हुने भएपछि उनि विदाकोदिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् । कक्षा ४ मा अध्यायन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिकाहरु समस्यासंग जुधिरहेका छन् । चार कक्षा पढ्ने भएपनि उनिहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको संख्या पनि रहेको छ। ज्याला गर्नु उनिहरुको बाध्यता र पेट पाल्ने आधारको रुपमा लिइएको छ ।

यि पात्रहरुहरु प्रतिनिधिमात्र हुन् ।प्रजा आधारभुत विद्यालयमा अध्यायन गर्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ जना विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले जानाकारी दिईन । घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर रहेको छ । छाप्रो बनाएर बसेको गाउँमा विद्यालयमा खानेपानी समेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथली बासीका लागि आय आर्जनको कुनै उपाय नभएपछि गाउँबासी ज्याला मजदुरी गर्न गाउँ छाडेर हिड्ने र केही मानिस बच्चा भएकोले गाउँमै बसेर एक छाकको भरमा जिवन निर्वाह गरिरहेको कष्टकर जिवन देख्न सकिन्छ ।

नेपाल सरकारले २०३५ सालदेखि लागु गरेको प्रजा विकास कार्यक्रम र एनजिओहरुले गरेको विकासले नछोएको र उनिहरुको फोटोमात्र एनजिओको कार्यालयहरुमा पुगेको अवस्थामा गाँउको विकासमा लाग्ने हो भने गाउँबासीको आम्दानी हुने योजना स्थानीय सरकारले बनाएरमात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

chepan-1584265324.jpg