nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

गोले तामाङ बंश उत्थान समाज इन्द्रसरोबरको अध्यक्षमा बिरेन्द्र 

गोले तामाङ बंश उत्थान समाजको इन्द्रसरोबर गाउँपालिकाको गाउँ इकाई कमिटीको २१ वैशाखमा गठन भएको छ । बिरेन्द्र गोले तामाङको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति गठन गरिएको छ ।

तामाङ समुदायभित्र गोले थरका वंशहरुलाई एकीकृत गराउने उद्धेश्यका साथ स्थापना गरिएको समाज संघीय संरचना अनुसार स्थानीय तहमा समेत गठन गर्ने अभियान शुरु गरेको समाजको जिल्ला अध्यक्ष राजकुमार गोलेले बताए । समाजको गाउँ इकाई कमिटीको उपाध्यक्षमा मनोजकुमार गोले, सचिबमा भरत गोले, कोषाध्यक्षमा झिल्के गोले, सहसचिबमा दिलबहादुर गोले चयन भएको छ । त्यस्तै सदस्यहरुमा सुरेस कुमार गोले, कुमार बहादुर गोले, जितबहादुर गोले, इश्वर गोले, सानुकान्छा गोले, बुद्ध गोले, रेशम गोले, पूर्ण गोले, श्याम गोले, दिनेश गोले, शुस्मा गोले, सुबाश गोले लगायतको रहेको छ ।

गोले तामाङ बंश उत्थान समाजको केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिरेन्द्र गोलेको अध्यक्षतामा भएको हो । त्यस्तै जिल््ला अध्यक्ष राजकुमार गोले, सचिब रोशन गोले, सदस्य कुमार गोले लगायतको उपस्थिति रहेको थियो ।  



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)