Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध

थाहानगरको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ । सामुहिक ब्रतबन्ध कार्यक्रममा १९ बटुकको ब्रतबन्ध गरिएको गोरखनाथ मन्दिर संरक्षण समितिका गणेश विष्टले जानकारी दिए । 

गोरखनाथ कल्याण केन्द्र नेपाल, पालुङ शाखाले मन्दिरमा वर्षेनी सामूहिक ब्रतबन्ध कार्यक्रम संचालन गर्दै आएको छ । सामुहिक ब्रतबन्ध कार्यक्रममा थाहानगर लगायत हेटांैडा, काठमाडौं, धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थानबाट ब्रतबन्ध गराउन अभिभावकहरु आफ्ना बटुक लियर आएका थिए । सामुहिक व्रतबन्धको अवसरमा मन्दिर परिसरमा लाख बत्ती समेत बालिएको थियो ।

मन्दिर परिसरमा लाख बत्ती बालियो । फोटोः गणेश विष्ट

कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संरक्षक अनन्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र नेपाल, धार्के शाखा, गोरखनाथ मन्दिर संरक्षण युवा समिति तगायत स्थानीयहरुले भरपूर सघाएका थिए । 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।