Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

गोपाली गाउँका बासिन्दालाई फाहोरको सास्ती

31754614_2049559175264578-1525330466.jpg

    उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको गोपाली बस्ती नियमित एउटै समस्याले ग्रसित हुने गरेको छ । बर्षादको पर्खाइका रहँने किसानहरु बर्षाद संगै फोहोर र दुर्गन्धले हैरानी खेप्न बाध्य छन् । ‘थाहा नगरपालिका वडा नं ३ शिखरकोटबाट बर्षादको पानीले अनगिन्ती फोहोर बगाएर ल्याउछ र गोपाली गाउँमा थुपार्छ, फोहोरले नाली नै बन्द हुन्छ, पानी परेकै पिच्छे फोहोर पन्छ्याउनमा हैरान हुन्छ’ स्थानिय श्याम गोपालीले भने । 


    पसल अगाडी नै  फोहोरको डङगुर लाग्छ, नपन्छ्याउ भने नाली नै बन्द हुन्छ, बस्ती पुरै दुगन्र्धित हुन्छ । हरेक पटकको यो समस्यालाई कसैले नजर लाउन नसकेको स्थानियहरुको गुनासो रहेको छ । आफुले थाहा पाए देखि नै शिखरकोटदेखिको फोहोर बर्षादको पानीले बगाउदै यहाँ थुपाथ्र्यो तर यो समय सम्म पनि कुनै निकायले यो बिषयलाई गम्भिर लिन सकेन । स्थानियहरुका अनुसार पटक– पटक शिखरकोटका बासिन्दाहरुलाई नालीमा फोहोर नफाल्न भनिए पनि अटेर गरेको बताउछन् । 
   बर्षौनी दुर्गन्धमा जिवनयापन गर्नु पर्ने बाध्यतामा रहेका स्थानियहरु फोहोरको समस्या न्युनिकरण भएमा ठुलो राहतको महसुस हुने बताउछन्  । बगेर आएको फोहोर नाली भरिएर सडकमा समेत थोपरिनाले सवारी आवतजावतका साथै यात्रुहरुको आवतजावतमा समेत समस्या भएको छ ।स्थानिय ब्यक्ति अर्थात जनप्रतिनिधिको रुपमा निर्वा्चित भएपछि थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले आफ्नो गाउँका जनताले भोगीरहेको उक्त समस्या प्रति आफु गम्भिर भएको बताएका थिए । तर जनप्रतिनिधि भएको १ वर्ष बितिसक्दा पनि स्थानियले राहत महसुस गर्न सकेका छैनन् । यो बिषयमा के भन्छन त थाहा नगरपालिकाका नगर उपप्रमुख गोपाली–‘शिखरकोटदेखि गोपाली गाउँ आउने ढल निर्माणको काम भैरहेको छ, उक्त ढल निर्माण सम्पन्न भए पछि ढलको ठाउँठाउँमा जाली राखेर फोहोर 
रोक्ने÷ ब्लक कार्य गरी  बिच बिचबाट  नै फोहोर उठाउने कार्य गर्छौ । त्यस पश्चात मात्र यो समस्या समाधान हुन्छ, हामी प्रक्रियामा छौँ ।’



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।