Tuesday, 16th June, 2026
वि.स.

गृह मन्त्रालयले मुख खोल्यो-‘तरकारी बिक्री र ढुवानीमा सहजीकरण गरिरहेका छौं’

Griha-1591278871.jpg

गृह मन्त्रालयले तरकारी, फलफूललगायतका उत्पादन संकलन, ढुवानी र बिक्री, वितरणमा सहजीकरण गरिरहेको जनाएको छ । साथै, यसमा कसैले अवरोध सिर्जना गरे जो कोही दण्ड सजायको भागिदार हुनुपर्ने गृहले भनेको छ ।

यसबारे गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ जेठमा परिपत्र पनि गरिसकेको छ ।२२ जेठमा प्रेस विज्ञप्ति जारी गर्दै गृहले बिक्री वितरणमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नगर्न पुनः सचेत गराएको हो ।

सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरेर आयात हुने तरकारी फलफूललाई ढुवानीमा सहजीकरण गर्न विज्ञप्तिमा भनिएको छ ।

‘कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ’, गृहले भनेको छ ।

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०