Tuesday, 16th June, 2026
वि.स.

गुल्मीका कोरोना संक्रमितको शव ३० घण्टापछि उठ्यो

death-body-1590139769.jpg

गुल्मीका कोरोना संक्रमितको शव ३० घण्टापछि उठेको छ । मदाने गाउँपालिका(६ पुर्कोटदहका ४१ वर्षीय उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको थियो । 

उनका आफन्तजनले उपचारमा लापरबाही भएको भन्दै उपचारमा संलग्नहरूमाथि छानबिन हुनुपर्ने र आफूहरूले न्याय पाउनुपर्ने भन्दै शव उठेको थिएन् । आज जिल्ला प्रशासनमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको हो । परिवारका सदस्यले शव उठाउन अनुमति नदिए पनि शव उठाइएको हो । 

नेपाली सेना र प्रहरीसहितको टोली क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेको थियो । मृतकका भाइ मीनबहादुर कुवरले अस्पतालबाट शव नेपाली सेना र प्रहरीको टोलीले निकालेको बताए । उनले आफूहरूसँग कुनै सल्लाह नगरी शव उठाएको र त्यसमा आफूहरूको सहमति नरहेको बताए ।

मृतकको शवलाई पूर्व(पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ । सुरुमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्रमा रहेको मगरघाटमा शव व्यवस्थापन गर्ने भनिए पनि स्थानीयले विरोध गरेका थिए । 

त्यसपछि अमुवा खोला किनारमा शव व्यवस्थापन गर्ने भनिए पनि त्यहाँ पनि विरोध भएपछि भलुही जंगलमा शव व्यवस्थापन गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । उनले सरकारले जारी गरेको शव व्यवस्थापन कार्यविधिअनुसार व्यवस्थापन गरिएको बताए । 
जेठ १ गते उनी अस्पतालमा भर्ना भएकोमा २ गते आइसियुमा भेन्टिलेरको सहायताले उपचार भएको थियो । स्वास्थ्य जटिल भएपछि जेठ ५ गते उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०