Saturday, 20th June, 2026
वि.स.

गुणस्तरीय खानेपानी उपलब्ध गराउनु बोर्डको दायित्व–प्रमुख खुलाल

hetauda-14-(4)-1612800923.JPG

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउनु खानेपानी बोर्डको दायित्व भएको बताएकाछन् । २६ माघमा हेटौंडा उपमहानगरपालिका–१४ स्थित बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभाका अवसरमा उनले यस्तो बताएका हुन् । 

प्रमुख खुलालले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मार्फत हेटौंडा क्षेत्रमा खानेपानीको सुविधा प्राप्त गर्न सहज रहेको भन्दै गुणस्तरीय खानेपानी उपलब्ध गराउनु बोर्डको दाईत्व रहेको र सो अनुसार बोर्डले काम गरिरहेको समेत बताए । नागरिकलाई सहज रुपमा स्वच्छ र गुणस्तरीय खानेपानी उपभोगका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा उनले जोड दिए । खानेपानी पहिलो प्राथमिक्ता हुनुपर्ने भन्दै उनँले वडा कार्यालयको सकृयतामा १४ नम्बर वडामा त्योे समस्या बिस्तारै समाधान हुँदै गएको समेत बताए ।

साधारण सभामा १४ नम्बर वडा अध्यक्ष दिपक खड्काले १४ नम्बरमा अन्य विकाससंगै खानेपानी प्राथमिक्तामा राखेर काम गरिरहेको बताए । उनले स्थानीय सरकार गठन भएको ३ वर्षमा वडामा खानपानीको समस्या करीब अन्त्यको अवस्थामा रहेको बताए । जिल्ला समन्वय समितिद्धारा प्राप्त रकमबाट निर्माण हुने खानेपानी आयोजना सम्पन्न भएपछि वडामा खानेपानीको समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाई थियो । जिल्ला समन्वय समिति मकवानपुरले वडा नम्बर १४ मा खानेपानी आयोजना निर्माणका लागि २ करोड ७६ लाख रुपैया उपलब्ध गराएको छ ।

तेस्रो साधारण सभाका अवसरमा बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समितिद्धारा सञ्चालित खानेपानी आयोजना हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डलाई हस्तान्तर गर्ने निर्णय गरिएको छ । खानेपानी योजनालाई दिगो बनाई राख्न खानेपानी व्यवस्थापन बोर्डलाई हस्तानतरण गर्ने निर्णय गरिएको हो । उपभोक्ता समिति मार्फत करिव ४ वर्षदेखि सञ्चालित खानेपानी आयोजनाबाट करिव ५ सय घरधुरीले खानेपानी प्रयोग गर्दै आएका छन् । वडा कार्यालयको सिफारिसमा यसै महिनाभित्र खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने बताईएको छ ।

कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बोर्ड मार्फत आए पछि उत्त क्षेत्रमा रहेको खानेपानीको समस्या पूर्ण रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उपभोक्ता समितिका अध्यक्ष मोहन सिंह मोक्तानको सभाध्यक्षतामा भएको साधारणसभामा खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकाललगायतको उपस्थिती थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०