Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

गिरीलाई सिर्जनशील पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपाल नवलपरासी शाखाले प्रदान गर्ने यस बर्षको  प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार विद्रोही गिरी पुरस्कृत भएका छन्  । 

मेची महाकाली अभियानका क्रममा एमालेले कावासोतीमा गरेको जनसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ हजार रुपैयाँर प्रमाणपत्रसहित सम्मान गरेका हुन् । उनलाई बरिष्ठ नेता माधवकुमार नेपालले दोसल्ला ओढाएका थिए । 

गिरी उज्यालो नेटवर्क र राससमा आबद्ध  पत्रकार हुन्  । पाँच बर्ष अगाडि समाजसेवी दीपेन्द्र अधिकारीले आफ्ना उद्यमी सुपुत्र स्व. शक्ति अधिकारीको सम्झना र प्रेस चौतारी नेपाल नवलपरासीका पूर्वअध्यक्ष कुलप्रसाद शर्माले आफ्ना माता पिताको सम्झना स्थापना गरेको अक्षय कोषबाट प्रेस चौतारीले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरेको चौतारीका अध्यक्ष हिमालदेव पंगेनीले जानकारी दिए  । 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg