Monday, 15th June, 2026
वि.स.

गाउँबाटै हराउँन थालेको गाउँखाने कथा प्रतियोगिता प्रदेश राजधनीमा

गाउँखाने कथा नेपाली समाजमा चलिआएको ज्ञान बढाउने रमाइलो खेल भन्ने बुझिन्छ । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । पहिले पहिले रमाइलो मानिने यो खेल पछिल्लो समयको विकासक्रमसंगै ओझेल परिरहेको छ । आजभोलि गाँउखाने कथाको रमाइलो खेल भन्दा मोबाइलका विभिन्न खेलमा किशोरकिशोरी लोभिने गरेको पाइन्छ । तर मकवानपुरको हेटौंडामा ‘गाउँखाने कथा’ प्रतियोगिता संचालन गरेर विद्यार्थीलाई यसको महत्वबारे प्रकाश पार्ने काम भएको छ।

मकवानपुरको हेटौंडामा रहेको हेटौडा एकेडेमी आवासिय माविले गाउँगाउँबाटै हराउँन थालेको ‘गाउँखाने कथा’ संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता नै संचालन गरेको छ । प्याव्सन अन्तरविद्यालय गाउँखाने कथा प्रतियोगितामा हेटौंडाका विभिन्न २० वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा बालजागृति बोर्डिङ स्कुल हेटौडा प्रथम, रेडरोज एकेडेमी हटिया द्वितिय र जीएस निकेतन तृतीय भएका छन् ।

 आयोजक हेटौडा एकेडेमीका प्रधानाध्यापक श्रीबहादुर कार्कीको अध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । प्रतियोगिताका विजयीलाई पुरस्कार गर्दै प्रमुख अतिथी थापाले गाउँखाने कथा प्रतियोगिताको महत्वका विषयमा बोलेका थिए ।

यस्तै आयोजक हेटौंडा एकेडेमीका प्रधानाध्यापक कार्कीले गाउँखाने कथा प्रतियोगिता संचालनबाट विद्यार्थीलाई सिर्जनशील हुन मद्दत गर्ने धारणा राखे । उनले विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०