Saturday, 20th June, 2026
वि.स.

गाउँपालिकाका कर्मचारीलाई वर्षमा ३ दिन भ्रमण बिदा

gaupalika-1614498068.jpg

 गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ ।यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने छ ।

यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०