Tuesday, 16th June, 2026
वि.स.

गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

gobinda-1597415753.jpg

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले अनलाइनखबरसँग कुरा गर्दै खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ ।’

खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०