Tuesday, 16th June, 2026
वि.स.

गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै छुराप्रहार

rohit-karki-1594973276.jpg

 पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार कार्कीलाई कार्यकक्षमै धारिलो हतियार छुरा प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार छुरा प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न ठकुरीले २०७६र०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ ।

ठकुरीले गउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहरीले ठकुरीलाई छुरा र खुकुरीसहित नियन्त्रणमा लिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०