nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गढीका जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्ने

489-1536662874.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले योजनामा गाउँपालिकाका जनप्रतिनिधिहरुले अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय गरेको छ । २४ भाद्रमा बसेको गाउ“ कार्यपालिकाको बैठकले वडाका योजनाहरु पास भएकामा जनप्रतिनिधिहरुले अनिवार्य महिनामा कम्तिमा ३ दिन श्रमदान गर्नुपर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईका अनुसार गाउँपालिकाबाट वडाका योजनाहरु पास भएमा छिटो तथा जनप्रतिनिधिको रोहवरमा काम होस भन्ने उद्देश्यका साथ वडाका जनप्रतिनिधिले अनिवार्य कम्तिमा ३ दिन श्रमदान गर्नुपर्ने निर्याय गरेको जानकारी दिए । त्यस्तै गाउ“कार्यपालिकाले गाउ“पालिका क्षेत्र भित्रका नम्बरी जग्गा बा“झो राख्न नपाईने निर्णय गरेको प्रशासकिय अधिकृत भीम परियारले जानकारी दिए । कार्यविधि बनायर बानाएर बा“झो रहेका जग्गाहरु एपयोगमा ल्याउने तयारी भईरहेको जानकारी दिए । जसका लागि सर्ब प्रथम सुचना जारी गर्ने, साथै त्यस्ता जग्गाको तथ्याङ्क संकलन गरिने र खालि जग्गामा खेत गर्नेलाई गाउ“पालिकाले सहयाग समेत गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । पहिलो पटक खेति गर्न सुचना जारी गर्ने, त्यस पछि फलफुलका विरुवा वा अन्य बोट बिरुवा लगायन भनने त्यसो नगरेमा जरीवाना समेत गर्ने गरि कार्यविधि बनाउने बताईएको छ ।

गाउँपालिका भित्र जग्गा बाँझो राख्न नपाईने निर्णय भएको परियारले बताए । यस्तै गाउँकार्यपालिकाको बैठकले कृषि पशु फर्म दर्तामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कृषि व्यवसायलाई व्यवस्थित र आत्मनिर्भर बनाउनका लागि यस्तो निर्णय गरिएको अध्यक्ष हुमागाइले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)