Friday, 19th June, 2026
वि.स.

खोलामा डुबेर १ जनाको ज्यान गयो

Dubera-1585880157.jpg

कवानपुरको पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिकामा खोलामा डुबेर बिहीबार साँझ १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–९, शान्तिटोलका करिब १९ वर्षीय सविन सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सहनीको बकैया गाउँपालिका–६, टिकुलीस्थित बकैया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

घटनाको जानकारी आएपछि बाराको निजगढबाट प्रहरी निरीक्षकको टोली र हात्तिसुढेँबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थल पुगेको थियो । शव पोस्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहापुर अस्पताल लगिएको छ ।