Monday, 15th June, 2026
वि.स.

खोलामा डुबेर एक बालिकाको मृत्यु

deart-1-1588942292.jpg

मकवानपुरमा पौडी खेल्ने क्रममा खाेलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । पौडि खेल्ने क्रममा डुबेर हेटौंडा–१९ की ८ वर्षिया अरमिता अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२६ वैशाख दिउँसो मनहरी गाउँपालिका–९ रजैया स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर घाइते भएकी उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक अधिकारीको शवलाई पोष्टमार्टमका लागि अहिले हेटौंडा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।