Saturday, 20th June, 2026
वि.स.

खैरो हेरोइनसहित ९ जना पक्राउ

pakarau-1611222098.jpg

 प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र लागूऔषधको तौल नाप्ने मेसिनसहित ९ जनालाई पक्राउ गरेको छ  ।

ब्युरोले विभिन्न स्थानबाट ५ सय ३६ ग्राम खैरो हेरोइन, ७ दशमलव ५ ग्राम एम्फेटामाइन, लागूऔषध तौल गर्ने दुइटा मेसिन, नगद ६ लाख ७१ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय अमेरिकन डलर र तीन वटा मोटरसाइकल र स्कुटरसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर–१० मनमैजु बस्ने इलामका सन्दीप राई, दीपक राई, केसाङ योल्मु, सोनाम कागते, स्वयम्भू बस्ने मनाङका टासी सन्डुप गुरुङ, पाँचथरका भीमप्रसाद लोवा, झापाका दिनेश कुमाल, सन्तोष सापकोटा र राजेश श्रेष्ठ छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०