nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खैराङमा घुम्ती शिविर, ३ सय २७ जनाले लिए स्वास्थ्य सेवा

ss-1614183903.jpg

मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् । प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शिविरमा २० जनाको रक्तचाप जाँच, १० जनाको निमोनिया जाँच, ६२ जनाको छाला रोगको जाँच, ८७ जनाको पाठेघर जाँच, ८ जनालाई इम्प्लान्ट र १४ जनालाई आइयुसिडी सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । २ जना अपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो भने एकजना अपाङ्गलाई ह्वीचियर सहयोग गरिएको थियो ।

गाउँपालिकाका डाक्टर धनबहादुर खत्रीसहित हेटौंडा र चितवनको स्वास्थ्यकर्मीको टोलीले विकट गाउँमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा स्वास्थ्य जाँच गर्नेलाई गाउँपालिकाले निशुल्क औषधिसमेत वितरण गरेको थियो । जटिल बिरामी देखिएकाहरुलाई गाउँपालिकाले नै खर्चको व्यवस्थापन गरी अन्यत्र उपचार गर्न पठाउने व्यवस्थासमेत गरिएको गाउँपलिका अध्यक्ष राजकुमार मल्लले बताए । शिविरमा पाठेघर जाँच, यौनरोग उपचार, ब्लड प्रेसर, सुगर तथा खकार परीक्षणलगायतको सेवा उपलब्ध गराइएको थियो । परिवार नियोजन सेवाअन्तर्गत आइयुसिडी इम्प्लान्टसमेत वितरण गरिएको थियो । अपाङ्गता भएकाहरुलाई गाउँमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको साथै साहायक सामाग्रीसमेत वितरण गरिएको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले गत फागुन ६ गतेबाट प्रत्येक वडामा निशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो । ६ गते वडा नम्बर १ मा शिविर सञ्चालन गरिएको थियो भने ८ गते प्रजापति निमावि कुँडुलेमा शिविर सञ्चालन गरिएको थियो । १० गते सूर्योदय मावि पँलासेमा शिविर सञ्चालन गरिएकोमा मंगलबार खैराङ स्वास्थ्यचौकी डन्टारमा सेवा दिइएको थियो । ४ नम्बर वडा कार्यालय र स्वास्थ्य संंस्थामा १३ गते, सिलिङ्गे मावि काँकडामा २० गते, आधारभूत विद्यालय दाम्राङमा २१ ग्ते, देविटार विद्यालयमा २३ गते र चैनपुर स्वास्थ्यचौकीमा २५ गते शिविर राखिएको गाउँपालिका स्वास्थ्य संयोजक कापरीले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)