nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खेलाडीले देशलाई पुर्‍याएको योगदानलाई उच्च मुल्याङ्कन गर्ने: श्रेष्ठ

RMS-1615041552.jpg

मदन भन्डारी स्पोर्ट्स एकेडेमीले खेल क्षेत्रमा ठूलो योगदान पुर्‍याएको एकेडेमिका अध्यक्ष तथा संम्विधान सभा सदस्य बिनोद श्रेष्ठले बताएकाछन् । एकेडेमी मकवानपुरको तेस्रो जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले खेल र खेलाडीले देशलाई पुर्‍याएको योगदानलाई एकेडेमीले उच्च मुल्याङ्कन गर्दै जाने र खेल क्षेत्रबाटै नयाँ खेलाडीलाई भविस्यको बाटो देखाउन सहयोग गर्ने बताएका हुन् ।

हेटौंडामा सम्पन्न भेलामा बोल्दै एकेडमीका केन्द्रिय सदस्य तथा हेटौंडा उपमाहानगरपालिका वडा नम्बर चारका अध्यक्ष नवीन सिक्देलले मकवानपुर जिल्लामा मात्रै नभएर देशै भरी एकेडेमीले खेलकुद क्षेत्रमा सहयोगी भुमिका खेलेको बताए । खेल क्षेत्रमा युवाहरुमा बड्दै गएको नैरास्यतालाई मदन भन्डारी स्पोर्ट्स एकेडेमीले मेट्दै नेपाल सरकारको "स्वास्थको लागि खेलकुद रास्ट्रकोलागी खेलकुद" भन्ने नारालाई सार्थक बनाउन एकेडेमी लागिपरेको र आउदा दिनहरुमा पनि लागिपर्ने बताए । एकेडेमी मकवानपुरका उपाध्यक्ष प्रकाश सुबेदिको अध्यक्षतामा बसेको भेलामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य जुनेली श्रेष्ठले खेलकुदमा जस्तै राजनीतिमा पनि राजनिती कर्मी पनि नैतिकवान हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रामेश्वर राना, भिमफेदी गाउँपालिका अध्यक्ष हृदम लामा, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सानू लामा, नेकपा जिल्ला कमिटी सदस्य सुनिल मोक्तान, धर्म लामा, रमिला सापकोटा लगायत गाउँपालिका तथा नगर क्षेत्रका खेलाडीहरुको उपस्तिथिती रहेको थियो । तेस्रो भेलाबाट ७५ सदस्य नयाँ जिल्ला कमिटिको चयन गरेको छ ।

भेलाले एकेडेमीका उपाध्यक्ष प्रकाश सुबेदिलाई नयाँ कार्य समितिको अध्यक्षमा मनोनित गरिएको छ । त्यस्तै उपाध्यक्षमा बिक्रम लामिछाने, सचीव सुरेस बेरोजगार, सहसचिव अनिल अधिकारी, कोषाध्यक्ष मनोज चौलागाई लगायत २९ जनाको सचिवालय सदस्य मनोनित गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)