Monday, 15th June, 2026
वि.स.

खुल्ला उपमयेर कप ब्याडमिन्टन प्रतियोगितामा थाहानगर ‘सी’ र स्वास्थ्य केन्द्र सेमिफाइनलमा

IMGL0973-1578466151.JPG

थाहा नगरपालिकाको क्याम्पाडाँडामा संचालन भैरहेको प्रथम उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताकोमा थाहा नगरपालिका ‘सी’ र पालुङ प्राथमिक स्वासथ्य केन्द्र सेमि फाइनलमा प्रवेश गरेको छ । रुपचन्द्र विष्टको ८६ औं जन्मजयन्ती तथा थाहा दिवस २०७६ को अवसरमा २३ पौष विहानमा भएको खेलमा प्राथमिक स्वास्थ्य केन्द्रले नेपाल विद्युत प्राधिकरण ‘बी’ लाई तथा थाहा नगरपालिका ‘सी’ ले थाहानगर व्यवशायीको टिमलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । 

२३ पौषमै भएको लिग चरणको खेल अन्तर्गत थाहा नगरपालिका ‘ए’ ले होटल सुनगाभालाई पराजित गरेको छ भने नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र ‘ए’ ले शिखर क्लब शिखरकोटलाई पराजित गरेको छ । २४ पौषको पहिलो खेल थाहा नगरपालिका ‘ए’ र नेपाल विद्युत प्राधिकरण पालुङ ‘ए’ बीच हुने अहायोजकले जानकारी दिएको छ । प्रतियोगिताका विजयीलाई नगद १५ हजार, दोस्रोलाई १० र तेस्रो हुनेलाई ५ हजार पुरस्कार तथा शिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । 

प्रतियोगिता थाहा नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति थाहानगर र फरकसोचको व्यवस्थापनमा प्रतियोगिता भैरहेको छ । प्रतियोगितामा टिमको सहभागिता रहेको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०