Sunday, 14th June, 2026
वि.स.

खानेपानी ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाले गरे

pani-tanki-pic-1554282934.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा व्यवस्थित खानेपानीको लागि पानी ट्याङ्कीको शिलान्यास गरिएको छ । भीमफेदी गाउँपालिका र केयर नेपाल सामुदायिक विकास संस्थाको संयुक्त पहलमा ट्याङ्की निर्माण गर्न लागिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाले गरेका हुन् । ट्याङ्कीको लागत १ करोड २८ लाख रहने छ भने ट्याङ्कीको क्षमता १ लाख ५० हजार लिटर रहेको छ ।
भीमफेदी गाउँपालिका वडा नम्बर –६ साबिक भीमफेदी बजार क्षेत्रको ३५० घर धुरी र ९०० भन्दा बढी कैदीबन्दि रहेको क्षेत्रीय कारागारमा ब्यबस्थित खानेपानी लागि बृहत खानेपानी परियोजना अनुसार काम अघि बढाईएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।