Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खानीगाउँमा लामा गुरुद्धारा आशिर्वाद

IMG_20180227_131042-1519803322.jpg

उत्तरी मकवानपुरको थाहानगरपालिका वडा नं १ खानीगाउमा रहेको पाल्देन डुक्पा नाम्ग्याल गुम्बा न्युङ्ने समितिले मंगलबार फाल्गुण १५ गते (वाङ) आशिर्वाद दिने कार्यक्रम सम्पन्न गरेको छ । गुम्बा समितिले लामा गुरु श्री थुक्से रेम्बोछे द्धारा च्याङ्रेसी अवलोकेश्वर भगवानको (वाङ) आशिर्वाद दिने कार्यक्रम गरेको हो । ९ अवतारी गुरु रेम्बोछे द्धारा  आशिर्वाद लिदा पुण्य पाउने, (आइचर) आयु लामो हुने, जिवनको कार्यहरु सफल हुने लगायतको बिश्वास रहेको गुम्बा समितिका  अध्यक्ष ठुली गोलेले बताउनु भयो । आफ्नो जिवनमा नै पहिलो पटक थाहा नगरपालिकामा भएको यो कार्यक्रम थाहा नगरबासी लगायत सम्पुर्णको लागि खुशीको कुरा रहेको अध्यक्ष गोलेले बताउनु भयो । गुम्बामा ७ बर्ष पहिले पनि यस्तो कार्यक्रम भएको भए पनि मंगलबार भएको कार्यक्रम पहिलो उत्कृष्ट कार्यक्रम रहेको बताउनु भयो । ९ सदस्यिय मुलसमिति, उपसमिति, स्वयमसेवक र अन्य सहयोगी सदस्यहरु समेत रहेको समितिले प्रत्येक बर्ष १६ दिने न्युङ्ने ब्रत कार्यक्रम र बुद्ध जयन्ती कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । समितिका अध्यक्ष गोलेका अनुसार यो पटकको कार्यक्रममा समिति र गुम्बाको गरि करिब ७ लाख खर्च हुने जनाइएको छ । कार्यक्रममा दार्जलिङका १ सय ५० जना लामाहरु, थाहा नगरपालिका लगायत इन्द्रसरोवर गाउपालिका, हेटौडा तथा अन्य क्षेत्रका लामाहरु र अन्य मानिसहरु आशिर्वाद लिन आएका थिए । कार्यक्रममा उपस्थित भएका महानुभाबहरुलाइ लामा गुरु रेम्बोछेद्धारा अवलोकेश्वर भगवानको आशिर्वाद दिनुका साथै प्रसाद बितरण गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।