nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजे सम्म मात्र खुल्ने

IMGL0689-1586765158.jpg

मकवानपुरका सवै पसलहरु भेलि देखि बिहान नौ वजेसम्म मात्र सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा १ वैशाख बिहान भएको कमाण्ड पोष्टको निर्णय अनुसार दिउसो वढी भिडभाड भएकाले विहान नौ बजे सम्म मात्र सबै खालका पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।।

दिउसोको लकडाउनको समयमा वढी सवारीका साधनहरु ओहोर दोहोर गर्ने र भिडभाड वढ्न थालेपछी अत्यावस्यक औषधि पसल भन्दा बाहेक दैनिक उपभोग्य सामान खरिदका लागि बिहान नौ वजे सम्म मात्र पसल खोल्न दिने निर्णय भएको हो ।

यसअघि कमाण्ड पोष्टको बैठकबाट दुध तथा दुग्धजन्य पदार्थ मात्र विक्री वितरण गर्ने डेरी पसल विहान ९ वजे सम्म र खाद्यान्न, तरकारी लगायतका खाद्य सामग्री विक्रिवितरण गर्ने खुद्रा पसल तथा होलसेल पसलहरू विहान १० बजेदेखि दिनको १ बजेसम्म मात्र खुला राख्ने निर्णय गरिएको थियो । यो निर्णयलाई परिमार्जन गर्दै अहिले विहानको समयमा मात्र दैनिक उपभोग्य सामानको विक्री वितरण गर्न लागिएको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले बताए ।

मकवानपुरमा लकडाउनलाई थप प्रभावकारी वनाउन लागिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले टोल-टोलमा खाद्यान्न तथा तरकारी विक्री वितरणको आवश्यक व्यवस्था मिलाउने । तराईबाट प्रवेश गरी मकवानपुर जिल्लाको लागि अत्यावश्यक सामग्री ढुवानी गरी आउने सवारी साधनहरूलाई स्प्रे छरेर मात्र भित्रन दिने भएको छ । जिल्लाका सवै स्थानीय तहहरूले आ–आफ्ना क्षेत्रमा माइकिङ्ग तथा प्रचार प्रसार गरी लकडाउनलाई अझ बढी प्रभावकारी बनाउने निर्णय गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)