Monday, 15th June, 2026
वि.स.

खटिए कार्यक्षेत्रमा: एक विद्यालय, एक नर्स

एक विद्यालय, एक नर्स कार्यक्रम अन्तर्गत ९३ जना विद्यालयका लागि नर्सको नियुक्ती गरी २० कार्तिकबाट कार्यक्षेत्रमा खटाइएको छ ।  सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले अघि सारेको यस कार्यक्रमका लागि नर्सहरु नियुक्ति गरिएको छ ।

गत आर्थिक वर्ष २०७५।०७६ मा नमुना योजनाका रुपमा अघि बढाइएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अनुसार मन्त्रालयले नर्सलाई कार्यक्षेत्रमा खटाएको हो । गत आर्थिक वर्ष नमुना योजनाको रुपमा २० विद्यालयमा नर्स खटाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री युवराज दुलालले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने दाबी गरे । दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताए । 

स्वस्थ जीवनशैली निर्माणका लागि यो कार्यक्रम सुरु गरिएको मन्त्री दुलालको भनाइ छ । बिद्यालयबाटनै स्वस्थ नागरिक उत्पादन गर्ने उदेश्यका साथ यो कार्यक्रम ल्याइएको उनले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०