Saturday, 20th June, 2026
वि.स.

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

k-1614491310.jpg

बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । 

“कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उनले भने, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।” कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ । 

“दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ”, उनले भने, “कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ ।” जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ ।

जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०