Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

क्यान इन्फुटेक मेलाको तयारी पूरा

मकवानपुरको हेटौँडामा १० असोजबाट हुने क्यान इन्फुटेक मेला –२०१६ को तयारी अन्तिक चरणमा पुगेको छ । शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्प्युटर एशोसियसन अफ नेपाल मकवानपुर (क्यान)ले यस्तो जानकारी खिएको हो ।  
मेलामा कम्प्युटर इन्स्टिच्युट, कम्प्युटर हार्डवेयर, कम्प्युटर कन्सल्टेन्सी, सोलार सामग्री, विभिन्न कलेजहरुको प्रदर्शनी गरी जम्मा ७० वटा स्टरहरु रहने क्यान मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेले बताए । मेलाको मुख्य आकर्षणको रुपमा रोबोट र एस्ट्रोनोमी रहेको पाण्डेले बताए । मेला अवधीभर राष्ट्रिय कलाकारहरु, एमएसआई फिफा गेम पनि रहने पाण्डेले बताए । करिब २० लाखको खर्च अनुमान गरिएको मेलामा कम्प्युटरको मात्र जम्मा २० वटा स्टल रहने आयोजकले जनाएको छ ।