Wednesday, 17th June, 2026
वि.स.

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

covide-1598957324.jpg

 पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन्। हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०