Tuesday, 16th June, 2026
वि.स.

कोरोना संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु

corona-death-1598178247.jpg

कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।

साउन ३१ गते कोरोना संक्रमण पुष्टि भई कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी महिलाको आइतबार विहानदेखि स्वास्थ्यमा समस्या बढ्दै गएको थियो ।

त्यस्तै समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गत कोरोना विशेष अस्पतालमा ल्याइएका थिए ।

योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको  छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०