Tuesday, 16th June, 2026
वि.स.

शिक्षण अस्पतालमा कोरोनाका कारण एक विदेशीको मृत्यु

tb-hospital-1595413013.jpg

 नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको तयारी भइरहेको कार्यकारी निर्देशक पोख्रेलले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०