Wednesday, 17th June, 2026
वि.स.

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

corona-death-1599040514.jpg

 भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।

युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०