Friday, 19th June, 2026
वि.स.

कोरोना रोकथाम कोषमा मुख्यमन्त्री मन्त्री एबम कर्मचारीहरुको सहयोग 

IMG20200407165545-1586481036.jpg

प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सहयोग रकम जम्मा गरेको छ । कार्यालयले कोषको लागि मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यलयका कर्मचारीहरुबाट ७ लाख ६४ हजार ७७ रुपैयाँ २७ चैतमा कोषको खातामा जम्मा गरेको हो । 

मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारीको तर्फबाट ५ लाख ९० हजार २ सय ३३ रुपैया, कार्यलयका कर्मचारीहरुको तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ रुपैयाँ  जम्मा गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लेखा अधिकृत देबिप्रसाद गौतमले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारहरुको एक महिनाको सुबिधाबापतको रकम र कर्मचारीको पद अनुसार ३,५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००५०३०००००२ मा रकम जम्मा गर्न सकिने लेखा अधिकृत गौतमले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०