Monday, 15th June, 2026
वि.स.

कोरोना रोकथामका लागि एनआरएले एक करोड सहयोग दिने

money-1584943712.jpg

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनएले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका हुन् ।

संघको बैठकले कोषाध्यक्ष महे कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ ।

उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ ।

 गत आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ५० करोडको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

money-1584943714.jpg