Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

कोरोना भाईरस: पालुङका विद्यार्थीहरु सचेतना फैलाउँदै

Palung-CLZ-1584670420.jpg

कोरोना भाईरस ९कोभिड–१९० विश्वफर फैलिएको र त्यसको त्रास नेपालमा पनि परेको छ । विश्वको विभिन्न देशमा यस भाईरसको कारण मृत्यु हुनेको संख्या बढीरहेको बेला यता पालुङ बहुुमुखी क्याम्पस पालुङका विद्यार्थीले स्वयमसेवकको रुपमा खटिई जनचेतना फैलाउने भएको छ । ६ चैतमा एक समिति नै गठन गरेर विद्यार्थीले जनचेतनाको काम गर्ने जनाएको हो । 

समितिले आफ्नो गाउँ–ठाउँमा कोरोना भाईरसको बारेमा सचेतना जगाउनको लागि विभिन्न संघ संस्थासंग हातेमालो गर्ने भएको छ । यस कार्यको लागि क्याम्पसका सबै प्राध्यापकबाट साथ सहयोग हुने बताईएको छ । गाउँमा सकारात्मक भन्दा पनि नकारात्मक हल्ला बढी फैलिरहेको भन्दै र आफ्नो जिम्मेवारी भएको भन्दै विद्यार्थीले यस कार्यक्रम गर्न लागको हो । 

जनचेतनामूलक कार्यक्रममा विद्यार्थीहरुले सर्बप्रथम भाईरसको लक्षण तथा बच्ने उपायको बारेमा पर्चा पम्प्रेट तयार गर्नेछन् । त्यसको लागि स्थानीय निकाय, विभिन्न संघसंस्थाहरुसंग समन्वय गरिनेछ । प्राप्त श्रोत साधनबाट समितिका पदाधिकारी सहित अन्य विद्यार्थीहरुले आ–आफ्नो स्थानमा जनचेतना जगाउने छन् । तर यसको लागि सरकारले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कार्यक्रम भिडभाड गरी गरिने छैन । साथै चैत्र ५ मा जारी भएको सूचना बमोजिम चैत्र मसान्त सम्ममा क्याम्पस सञ्चालन नुहने जानकारी दिदै क्याम्पस प्रमुख रामहरि अधिकारीले आफु र आफ्नो परिवार र समाजलाई कोरोना भाईरसबाट जोगाउनको लागि सबै विद्यार्थीलाई सचेत हुन आग्रह गरे ।

https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।